लाभांश पारित गर्दै सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४ जना सञ्चालकमा निर्वाचित
२६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साधारण सभाबाट प्रबलजंग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।
कम्पनीले देशैभरका १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
कम्पनीले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १५:३२