लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाको लागि लुगा तथा खाद्यान्न सहयोग
२६ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपाल बाल संगठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैंमा नयाँ लुगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
कम्पनीले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा हेल्पलेश चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बंशिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेन्बो चिल्ड्रेन होम नेपालका लागि विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरेको छ ।
यसैगरी, कम्पनीले लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेन्स हिभेनलगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबास, काठमाण्डौंको नक्सालस्थित बाल मन्दिरका बालबालिकाको लागि विभिन्न खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।
समय समयमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको उक्त कम्पनीले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी विभिन्न सामग्री तथा खाद्यान्न सहयोग गरेको बताएको छ ।
प्रकाशित मिति : October 13, 2023 at 1:44 pm









