१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

एनआरएनएको महासचिवमा जोशी र सुवेदीबीच प्रतिस्पर्धा हुने, को कति बलियो ?

२५ असोज, काठमाडाैँ ।  गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी)को महासचिवमा अमेरिका निवासी गाैरीराज जोशी र बुद्धिसागर सुवेदीले उम्मेदवारी घोषणा गरेर मैदानमा मत माग्ने अभियानमा व्यस्त रहेका छन । जोशी वर्तमान कार्यसमितिको समेत महासचिव भएका कारण प्रचारमा त्यती देखिएका छैनन् तर सुवेदी उम्मेदवारीको एजेण्डामै धेरै देशका एनसीसीसँग अन्तरक्रियाका लागि पुगेका छन ।

कर्मभूमि अमेरिका रहेका दुबैको नेपालको गृह जिल्ला समेत एकै अर्थात चितवन हो । फरक फरक विशेषता दुबै उम्मेदवारबीच रोचक चुनावी प्रतिस्पर्धा हुने अुनमान गरिएको छ । जोशी पुनः महासचिवमा दोहरिन खोजेको र सुवेदीले अध्यक्ष र महासचिव जस्तो पदमा एकै व्यक्तिले दोहोराउन नहुने र आफूले पनि नदोहोराउने भन्ने विषय एजेण्डा नै बनाएका छन । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा विशेष जोड दिने सुवेदीका लागि सबैभन्दा बलियो एजेण्डा नै यही हुने जानकारहरू बताउँछन । कलहयुक्त कार्यकालको महासचिव भएका जोशीले संस्थाको पारदर्शिताका लागि खास काम गर्न नसकेको एनआरएनएनहरूले बताउने गरेका छन ।

को हुन जोशी ?

जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएपछी अध्ययन पूरा गरेर आइटीसँगै रियल स्टेटको ब्यावसायमा पनि संलग्न छन। उनको अमेरिकासँगै नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत क्षेत्रमा लगानी रहेको छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन। सन २००५ देखि एनआरएनएमा सक्रिय जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष, ‘मेम्बरसीप कोअर्डिनेटर’ बनेर काम गरेपछी २०१५ देखि एनआरएनएमा थप सक्रिय बने। त्यसपछी एनआरएनएको अमेरिकाको क्षेत्रीय संयोजक हुँदै सचिव पदमा काम गरेपछी अहिले महासचिव बनेर काम गरिरहेका छन्। यसकाारण पनि आउने चुनावमा महासचिव पदका लागि जोशीले पनि आफ्नो प्रभाव कायम राखेका छन्।

को हुन सुवेदी ?

सुवेदीले राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । उनीले झोलामा रहेको संस्था आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे ।  एनआरएनए अमेरिकाको आफ्नै भवनबाट कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर काम गरेका उनले ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति बनाए । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको सफल नेतृत्व गरेका सुवेदी आइसीसीको महासचिव भएर सफल नेतृत्व दिन चाहन्छन ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका पुगेका सुबेदीले अमेरिकामै दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन । स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदी ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्ति हुन । सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी अमेरिकाका स्थापित नेपाली व्यवसायी हुन ।

नेपालमा हुँदादेखि नै सामाजिक काममा क्रियाशिल रहेका सुवेदीले अमेरिकामा पनि ‘नयाँ’ नामको सामाजिक संस्था स्थापना गरेर समाजसेवा गरिरहेका छन । उनी पछिल्लो समय त अझ बढी एनआरएनको अभियानबाटै समाजसेवाको काम पनि गरिरहेका सुवेदीको ११औँ महाधिवेशनमा महासचिवको सबैभन्दा उपयुक्त प्रत्यासी आफू रहेको दाबी छ ।

एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष भएर काम गरेका सुवेदी, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गर्दै अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पूरा गर्ने अभियन्ता हुन । एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेका सुवेदी एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छन ।

एनआरएनए अभियानमा लागेर आफ्नो  व्यवसायसँगै सक्रिय रुपमा सुवेदीले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले केही साताअघि मात्र भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार २०:४२