१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

कात्तिक १ गतेदेखि नबिल ब्यालेन्स्ड फन्ड–२ ले इकाइधनीको खातामा नगद लाभांश पठाउने

२६ असोज, काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ ले आफ्ना इकाइधनीलाई कात्तिक १ गतेदेखि नगद लाभांश पठाउने भएको छ । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते बुकक्लोज गरेको छ । यसको अर्थ असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा लाभांश जम्मा हुनेछ ।

फण्डले गत आर्थिक वर्षको लागि ९.६ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।  हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई शीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि मात्र फण्डले सो इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्नेछ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ११:३७