२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न ग्राहकलाई नबिल बैंकको आग्रह

२६ असोज, काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न सूचित गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै ग्राहकलाई यसबारे जानकारी गराएको हो।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नबिल बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ। यदि त्यस्तो एसएमएस प्राप्त भइरहेको छैन भने आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखामा आफ्नो सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा कात्तिक २४ गतेभित्र अद्यावधिक गर्नु हुन अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १०:३७