१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नबिल बैंकका यी शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने

२६ असोज, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना जारी गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो।

नबिल बैंकका ग्राहकहरुले लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक) का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : October 13, 2023 at 9:39 am