२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

चिरख्वा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२६ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज २३ गतेदेखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको छ।

कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार साँझसम्ममा कम्पनीको आईपीओमा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ११.१३ गुणा बढी आवेदन हो।

प्रकाशित मिति : 09:03