दोहोरो अंकले घट्याे नेप्से, ६ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि
२५ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २०.१६ अकंले घटेर १८७४.६० अंकमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज छ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन भगवती हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेड, एनआईबएिल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज सानिमा सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन लक्ष्मी सनराइज बैंकको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १५:१४












