२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत

२५ असाेज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ । कम्पनीले Stop Sexual Voilence भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १ मा मोटरसाइकलबाट नेपाल आएका दुई महिला बाइक राइडरलाई आफ्नो केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेको हो ।

स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एम को एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभयो ।

यस स्वागत कार्यक्रमले Stop Sexual Voilence भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १४:३१