२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरियाेः उद्योगमन्त्री रिजाल

२५ असाेज, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य’ विषय कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको बताए ।

उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए । सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको भन्दै उनले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनु पर्ने बताए । सरकारले उनीहरुका लागि सहज नीति नियमहरु बनाउँदै लगेको पनि उनको भनाई थियो ।

मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए। निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ भन्दै उनले नेपाल राष्ट्र बैंकको नेतृत्व कुनै पनि राजनीतिक दलको गोटी बन्न नहुने धारणा राखे ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १३:०६