कतिमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो सेयर कारोबार ?
२५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपन सेसनमा यी कम्पनीको पहिलो कारोबार भएको हो ।
मिड सोलु हाइड्रोको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ भने भगवती हाइड्रोको प्रतिकित्ता ३६१.१ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले बुधबार मिड सोलु हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ र भगवती हाइड्रोको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज तोकेको थियो ।
यस दिन स्पेशल प्रि ओपन सेसनमा नेप्सेले दिएको रेञ्जका आधारमा यी कम्पनीको सेयर कारोबार भएको हो। अब कम्पनीको सेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ११:२४












