२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

परराष्ट्रमन्त्री साउद नेपालीलाई उद्धार गर्न आफैं इजरायल जाने

२४ असाेज, काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद नेपाली नागरिकको उद्धारका लागि आफैं इजरायल जाने भएका छन् । ​साउद इजरायल जान लागेको उनकाे सचिवालयले जनाएकाे छ । आजै राति नेपाल एयरलायन्सको जहाज नेपालीलाई लिन यूएई हुँदै इजरायलको तेलअभिव जाँदैछ ।

सरकारले बुधवार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउन लागेको हो । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३५० जना नेपालीले इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् । हमासको आक्रमणबाट अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १७:४९