११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

बुधबार सेयर बजारमा झिनो अंकको सुधार, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

२४ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.१६ अकंले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ । बुधबार २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सिटी होटल, आजबाट कारोबारमा आएको माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन माण्डु हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १५:१८