२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

२४ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा भगवती हाइड्रोपावर डेभलपममेन्ट कम्पनी र मिड सोलु हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।

नेप्सेमा भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँ ४१ पैसा देखि ३६१ रुपैयाँ २३ पैसासम्म ओपनिङ  रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि बीजीडब्लुती सिम्बोल पाएको छ ।

त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ७४ लाख ८४ हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।  कम्पनीको स्टक सिम्बोल ‘एमएसएचएल’ रहेको छ । सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : 12:24