२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

बागमती किनारमा युवकको शव फेला

२४ असोज, काठमाडौं । काठमाडौँको बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका-३१ बानेश्वरको बागमती किनार झाडीमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको ढुंगेलले जानकारी दिए।घटनास्थलमा सिरिञ्ज भेटिएको एसपी ढुंगेलले बताए।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : October 11, 2023 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/