२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड आज, ९ लाख ७३ हजार आवेदकले सेयर पाउने

२४ असोज, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज असोज २४ गते बुधबार  बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ आज बिहान ९ बजे लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बाँडफाँड हुने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख १४ हजार ६९७ जनाले १ करोड ४७ लाख ७३ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १.५१ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ७३ हजार २५४ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्येका ४ जनाले भने थप १ कित्ता गरि ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरेको थियो ।

प्रकाशित मिति : 08:50