नेप्सेमा १९.०६ अकंको गिरावट, १ अर्ब २८ करोडको कारोबार
२३ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो गिरावट आएको छ। बजार आज १९.०६ अकंले घटेर १८८९.५९ बिन्दुमा पुगेर बन्द भएको छ । आज ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
१३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७९ प्रतिशत, विकास बैंक समूहको १.०१ प्रतिशत, फाइनान्स समूहको १.३९ प्रतिशतसहित १३ उपसूचक राताम्य भएका छन् । आज सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १५:३३












