९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

प्रभु बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२३ असोज, काठमाडौं । प्रभु बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै, तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाइ सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : October 10, 2023 at 11:59 am