१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

५ अर्बको ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

२३ असोज, काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।  कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

लगानीकर्ताले उक्त ऋणपमा न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म छिटोमा कात्तिक १२ गतेसम्म र ढिलोमा कात्तिक १६ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १०:५६