१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

छुट्ला है ! सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ असोज, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७९र७०को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १२औँ वार्षिक साधारणसभा कात्तिक २३ गते बोलाएको छ ।

सभाले जुमखोला जलविद्युत आयोजना ९५६मेवा०को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०९:५३