१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

२० लाख १४ हजार बढी कित्ता सेयर बिक्री गर्दै अरुण काबेली पावर, न्यूनतम मूल्य कति ?

२३ असोज, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले असोज ३० गतेबाट केही कित्ता सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार बढी कित्ता सेयर  बिक्रीमा राख्ने भएको छ ।

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। उक्त अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन। लगानीकर्ताले कात्तिक १४ गतेसम्म बिक्रीमा राखिने उक्त सेयर खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर ९रंगेलीरोड०, जलेश्वर ९महोत्तरी०, सातदोबाटो ९ललितपुर०, सूर्यविनायक ९भक्तपुर०, पोखरा ९कास्की०, कोहलपुर ९बाँके०, सुर्खेत र महेन्द्रनगर ९कञ्चनपुर०मा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०९:३९