११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर बजारमा अझै आएन उत्साहः नेप्से १३.४६ अंकले घट्दा एक अर्ब १७ करोडको कारोबार

२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । सेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह आउन सकेको छैन ।

पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै सेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन् । नेपाल राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको थियो ।

यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रू १२ करोड सम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रू १५ करोड र संस्थाको हकमा रू २० करोड बनाइएको छ । सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।

बजार आज १३ दशमलव ४६ अकंले घटेर १९०७ दशमलव ७८ बिन्दुमा बन्द भएको छ । सोमबार २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार रुपैयाँको कारोबार भएकोछ । आजसयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १५:२७