भर्ने होइन त ? सार्वसाधारणले १ लाख कित्तासम्म किन्न पाउने आईपीओ निष्काशन हुँदै
२२ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले भोली असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।
कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ। लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि छिटोमा असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : 14:51









