२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

इजरायलबाट नेपाली विद्यार्थीको याचना : बिन्ती छ ! हामीलाई उद्धार गरिदिनुस्

२२ असाेज, काठमाडाैं । प्यालेस्टाइनी विद्रोही समूह हमासकाे हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग याचना गरेका छन् ।

इजरायलकाे बंकरमा शनिबारदेखि बसिरहेका विपिन सुवेदीले भिडिओ सन्देश जारी गर्दै आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले जतिसक्दाे सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका हुन्।

विपीनले गला अवरूद्ध पार्दै राति बस्दा श्वास नै नपुगेकाे दुख भिडियाेमार्फत् सार्वजनिक गरेका छन् । विपीन भन्छन्,  ‘मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ? आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् ।
हजुरहरु (राज्य)ले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् ।’

भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर लगेकाे कुरा समाचारमा सुनेकाे भन्दै विपीनले नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्दैन हो ? भन्दै प्रश्न गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : October 9, 2023 at 2:53 pm