२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

माथिल्लो मैलुङ खोलाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२२ असोज, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्मकम्पनीको आईपीओमा ९ लाख ५७ हजार ७१६ आवेदकबाट १ करोड ७ लाख ६८ हजार १६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८।३८ गुणाले बढी हो।

कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको छ। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : 09:13