नेपाल बैंकको सीईओका लागि दरखास्त आह्वान (सूचनासहित)
२१ असोज, काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै सीईओको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका कुनै पनि व्यक्तिले सीईओका लागि आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १३:४९