२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दशैंलाई असोज २९ देखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति कति पाइन्छ ?

२१ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज २९ देखि नयाँ नोट सटही सुविधा दिने भएको छ । असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने तयारी भएकाे भए पनि नेपाल राष्ट्र बैंकले यस बारेमा सार्वजनिक रुपमा सूचना भने जारी गरेको छैन ।

सर्वसाधारणलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने भएको हो ।सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ११:५७