२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

सेयर बजारमा गिरावट कायमै, एक अर्ब १० करोडको कारोबार

१८ असाेज, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको छ । आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:14