३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

१८ असाेज, काठमाडाैं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समता पन्त नियुक्त भएकी छिन् । असोज १४ गते बसेकाे बैंक सञ्चालक समितिको बैठकले पन्तलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते समाप्त भएपछि पन्त कामु सीईओ नियुक्त भएकी हुन् ।

प्रकाशित मिति : October 5, 2023 at 12:12 pm