२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त

१८ असाेज, काठमाडाैं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् । गत असोज १७ गते बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो । कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यसअघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त सीईओ उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १०:४५