२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, अहिलेसम्म कतिले भरे ?

१८ असाेज, काठमाडाैं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आज असोज १८ गते बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ। बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले, मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको हो।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता कुल २३७.५८ रुपैयाँका  दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। सीडीएससीका अनुसार बुधबार साँझसम्म कम्पनीकाे आईपीओमा ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १.२१ गुणले बढी हो।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : October 5, 2023 at 9:35 am