२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

छुट्ला है ! १०० रुपैयाँमै सर्वसाधारणका लागि अपी पावरको सेयर बिक्रीमा

१७ असाेज, काठमाडाैं । अपी पावर कम्पनीले आज असोज १७ गतेबाट करिब १२ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको सेयरमा सर्वसाधारण,जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतम सेयर संख्यामा भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले असोज २४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडाैंकाे नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सकिनेछ।

प्रकाशित मिति : 10:07