११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

युवा, महिला र दाेस्राे पुस्तालाई अगाडी बढाउन विशेष अभियान चलाउँछुः महासचिवका उम्मेदवार सुवेदी

१६ असाेज, बेलजियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीकाे बेल्जियममा भव्य स्वागत भएकाे छ ।

महासचिवको उम्मेदवारीको जानकारी गराउने र एनआरएनएहरूको सुझाव संकलन गर्ने उदेश्यसहित सुवेदीले विभिन्न देशको भ्रमण गरिरहेका छन । सोहीक्रममा मंगलबार सुवेदी बेल्जियम आइपुगेका हुन ।

 त्यहाँ उनले गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष पूर्ण तिमल्सीना लगायत कार्यसमितिका पदाधिकारी एवं वभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधसँग भेटघाट गरेका छन् ।

कार्यक्रममा उनले आफूले महासचिवमा जितेकाे खण्डमा अधिकार सम्पन्न र स्वायत्त एनसीसीहरू बनाउने, सुरक्षित वैदेशिक राेजगारी, सामाजिक सुरक्षा काेषकाे पूर्ण कार्यान्वयन गराउने,  गराउने, एनआरएनए  ज्ञान, शीप, लगानी, भाषा र संस्कृतिकाे प्रवर्धन गराउने, युवा, महिला र दाेस्राे पुस्तालाई अगाडी बढाउन विशेष अभियान चलाउने, वंशजकाे नेपाली नागरिकताकाे निरन्तरता दिने, एकतावद्द, सुदृढ र चलायमान सचिवालय बनायर काम गर्ने प्रतिवद्दता जाहेर गरे ।

उनले न्यानो आतिथ्यताको लागि गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष पूर्ण तिमल्सीना लगायत कार्यसमितिका पदाधिकारी एवं वभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधप्रति आभार व्यक्त गरेका छन् ।

बेल्जियमकाे कार्यक्रम सकेर सुवेदी आजै फ्रान्स जाँदैछन् । चुनाव नजिकिएसँगै सुवेदीले विभिन्न देशकाे भ्रमणलाई तिव्रता दिएका छन् ।

प्रकाशित मिति : October 3, 2023 at 11:53 pm