लाभांश प्रस्तावसहित सानिमा माईले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
१६ असाेज, काठमाडाैं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले १२औँ वार्षिक साधारणसभा कात्तिक २३ गते बाेलाएकाे छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १०:२२












