१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश घोषणा

१६ असाेज, काठमाडाैं । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश घाेषणा भएकाे छ । फन्डले  आर्थिक वर्ष २०७९/८०को लागि लाभांश घोषणा गरेकाे हाे ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि तय गरिने क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १०:१३