२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पूर्व न्यायाीधश अलि अकबर मिकरानीको घरबाट बालश्रमिकको उद्धार

१५ असोज, काठमाडौँ । काठमाडौँको अनागनरबाट पूर्वन्यायाधीशको घरबाट एक बालश्रमिकको उद्धार गरिएको छ । आइतबार साँझ पूर्व न्यायाीधश अलि अकबर मिकरानीको घरबाट बालश्रमिकको उद्धार गरिएको काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले बताएका छन । ढकाल नेतृत्वकै टोलीले घरेलु श्रमिक बालिकालाई उद्दार गरेको हो ।

वडा अध्यक्ष ढकालसहित राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र बाल हेल्पलाइनको टोली न्यायाधीश मिकरानीको घरमा पुगेको थियो । रुद्रमती चोकमा रहेको पूर्व न्यायाधीशको घरैबाट श्रमिकको उद्धार गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार २२:४१