मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु
१५ असोज, मेक्सिको । उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जानको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ ।
उद्धारकार्य जारी छ । मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए । तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १६:१२