सेयर बजारमा झिंनो सुधार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट
१५ असाेज, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.१९ अकंले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ । सोमबार २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार बढ्दा सयपत्रि हाइड्रोपावर र सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । आज पिुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १५:३९












