२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

१५ असोज, खोटाङ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मनुभएका उहाँको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो ।

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरे ।

अर्जुन खड्काले सम्पादन गरे उक्त म्युजिक भिडियोकोे निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गर्नुभएको गायक मगरले जानकारी दिए । रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका उन यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउनुभएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्नुहुने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गर्नुभएको यो म्युजिक भिडियोमा मायाँ÷पिरतीका कुरा गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १२:४३