२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

-बलराम आचार्य

कुट न यार कुट
कक्षा मा पढाइ रहेको
प्राध्यापक कुट
निमुखा शिक्षक कुट !

भ्रष्टाचार नगर्ने टिप्पणी
उठाउने खरदार सुब्बा कुट
दिन रात खटिने नर्स कुट
बिरामी को सेवा मा खटिने
घरखेत बेचेर पढ्ने डाक्टर कुट

पढेर पनि स्वदेश मा काम गर्ने
विज्ञता सीप ज्ञान डलर मा बेच्न नसक्ने
शिक्षक प्राध्यापक नर्स डाक्टर इन्जिनियर
सबै लाई कुट एक एक गरी कुट

अनि तिमी जस्तो स्वाँठ लाई जन्म दिने
तिम्रा बाउ कुट आमा कुट कुट अन्धाधुन्द कुट !

साँच्ची एउटा कुरा नभुल है
मान्छे कुटेको अनुभव को सर्टिफिकेट चै
संकलन गरी राख नी
संविधान दिवस र गणतन्त्र दिवस को दिन
तिमी लाई धेरै वटा तक्मा लगाउन काम लाग्छ !

प्रकाशित मिति : October 2, 2023 at 11:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/