४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

१५ असाेज, काठमाडाैं । प्रभु बैंकको केही कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र कम्पनीकाे बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

साथै, ताेकिएकाे समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : October 2, 2023 at 9:35 am