२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

एउटा फरक खाल्को साहित्यिक कार्यक्रम


अष्ट्रेलिया । सधै टिकट काटेर नाचगान वा च्यारिटी डिनर खान जाने एडिलेडका केहि सहित्य प्रेमीहरु शनिवारको साझ एउटा फरक खाल्को साहित्यिक माहोलमा थिए ।

प्रशंग हो अहिलेका चर्चित युवा कवि नवराज पराजुलीको कविता कन्सर्टको, संगितको सुरमा आफ्नै शैलीमा कविता सुनाउदै उनले ९० मिनेट बितेको श्रोताहरुलाई पत्तै दिएन ।

उनलाई मन परेको २० मिनेटको कविता `एक्लै´ सहित `लभ´, `तिमी´ `उसको हुनु´  सुनाएका थिए ।

पराजुली सहित एडिलेडमा रहेका नेपाली कविहरु कुमाराज सुवेदी, सन्तोषी गौतम, कविता पराजुली, प्रकाश धमला, मिलन दहालले समेत आफ्ना रचना सुनाएका थिए ।

एक प्रशंगमा कवि पराजुलीले आफुलाई संगित र साहित्य दुवै मन पर्ने भएकाले दुवैलाई संगै जोड्दा कस्तो हुन्छ भन्ने सोच आएर कविता कन्सर्ट शुरु गरेको बताए । उनको यो कुरा जस्तै  उनका श्रोता पनि नौलौ अनुभव गरेको बताउदै थिए । कुमाराज सुवेदी संगित व्यकग्राउन्डमा बज्ने कुरा रमाइलो लागेको बताए । अर्की कविताकी पारखी प्रेरणा तिमिल्सिना साहित्य क्षेत्रमा कविता कन्सर्ट नौलौ प्रयोग भएको बताउदै पराजुलीका कविता सुन्न नेपाल देखी कुरेको र अहिले पाएकोमा खुशी थिईन ।

पत्रकारहरु संग कुरा गर्दै कवि पराजुली पनि अष्ट्रेलिया टुरका क्रममा श्रोताहरुको निकै माया पाएको बताउछन् । साहित्यिक र संगित प्रति विदेशमा मोह निकै देखेको बताउदै विदेशमा यो मान्छेले नेपाली भाषा मेरो भाषा भन्ने खाल्को मोह पनि देखेको बताए । उनले पाठकहरु लाई उनको पद्म श्री पुरस्कार प्राप्त `सगरमाथाको गहिराई´नामक कृति हस्ताक्षर र शव्दहरु सहित दिएका थिए ।

आयोजक एमआरपी इभेन्टका निर्देशकद्वय प्रकाश गैर्हे र मनोरथ पौडेलले आफ्नो इभेन्टको पहिलो कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बताउदै कवि श्रोता तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १७:४६