१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रवि लामिछानेले भनेः आयल निगमको घाटा देशले कहिलेसम्म सहिरहनुपर्ने हो ?

१४ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए।

“आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ”, उनले भने, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”

प्रकाशित मिति : October 1, 2023 at 3:55 pm