नेप्सेमा ३३.२० अंकको गिरावट, १ अर्ब ८३ करोडकाे काराेबार
१४ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ । आइतबार २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज एक कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सयपत्रि हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । आज पाँच कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १५:१४












