९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

छुट्ला है ! एक बैंककाे ५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ असाेज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि भोली असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ आज असोज १४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका  सेयरधनीले मात्र सभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे सत्रौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा असोज २६ गते, शुक्रबार बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : October 1, 2023 at 9:28 am