एनआरएनए महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदी दुबइमा
१२ असोज, दुबइ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदी दुबइ आइपुगेका छन । महासचिवको उम्मेदवारीको जानकारी गराउने र एनआरएनएहरूको सुझाव संकलन गर्ने लक्ष्यसहित सुवेदीले विभिन्न देशको भ्रमण गरिरहेका छन । सोहीक्रममा शनिबार सुवेदी दुबइ आइपुगेका हुन ।
त्यहाँ गैर आवासीय नेपालीहरूको ठूलो समूहले सुवेदीको स्वागत र सम्मान गरेको छ । सुवेदी शनिबार मात्रै बहराइनको विभिन्न कार्यक्रम सकेर दुबइ आइपुगेका हुन । उनले बहराइनमा रहँदा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहाराईन,पर्वत समाज, वाग्लुङ समाज, कास्की समाज र जनसम्पर्क समिति बहाराईनको कार्यक्रममा सहभागी जनाएका थिए । एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्य राखेका सुवेदीले महासचिवमा सबैको सहयोग र मतको अपेक्षा गरेका छन । सुवेदीले गैरआवासीय नेपालीहरूको सम्मानै आफ्नो पहिचान भएको बताएका छन ।

महासचिवका प्रत्यासी सुवेदीले एनआरएनलालई दलीय राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै आएका छन । सुवेदीले संस्थाको गरिमा र इतिहासलाई जोगाउनुपर्ने अवस्था आएकाले राजनीतिमुक्त संस्था बनाउने आफ्नो दृढता राखेका छन । सुवेदीले इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न एनआरएनएका सदस्यहरूसँग अनुरोध गरेका छन ।
सुवेदीले आफ्नो नेतृत्वमा एनसीसी ९राष्ट्रिय समन्वय परिषद०हरुलाई बलियो बनाउने, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएका छन । सुवेदीले ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउनु पर्ने बताएका छन । संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफ्नो उम्मेदवारी रहेको सुवेदीको भनाइ छ ।
प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार २१:११












