२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौँ, १३ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किनुभएको छ । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका नेताहरूले स्वागत गरेका थिए । उनले यही असोज १० गते दोहा प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १८:१३