२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा

१३ असोज, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतःविघटन भएको दलित सङ्घमा विश्वकर्मालाई नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १५:४५