२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

१२ असोज, काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।  राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव कार्कीको शुक्रबार बिहान निधन भएको हाे ।

५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले कार्कीलाई मृत घोषित गरेका थिए। ओखलढुंगाका कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १२:४५