१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

आइएमई पे बाट एसपीआई भुक्तानी सजिलै गर्न सकिने

१२ असाेज, काठमाडाैं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना(एसपीआई) को रकम गर्न सक्ने भएका छन् ।

एसपीआई भुक्तानी सेवा प्रदान गर्न आइएमई पे ले एन आईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग हालै सम्झौता गरेको छ। सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो योजनाको एसपीआई इन्स्टलमेन्ट तथा यूनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समययता पुँजीबजारमा एसआईपी लोकप्रिय भइरहेको छ । यसको भुक्तानीलाई थप सहज पार्न सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीईओ प्रवीन रेग्मीले बताए ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १०:५५